काठमाडौं : २० औं एसियन गेम्स अन्तर्गत बक्सिङ विधामा नेपालका खगेन्द्र रोका मगरले पुरुष ६० केजी तौलको पहिलो खेलमा जित दर्ता गरेका छन्।
जापानको निसिओ जिम्नासियममा भएको खेलमा पुरुष तर्फको ६० केजी तौलको पहिलो खेलमा खगेन्द्रले मकाउका जोन रेयस सलिनास एल्भिनलाई ५–० ले हराउँदै जित दर्ता गरेका हुन्। पहिलो खेलमा जित दर्ता गर्दै उनले अन्तिम १६ मा स्थान बनाएका छन् । उनको अर्काे खेल शुक्रबार हुनेछ ।








