काठमाडौँ। दक्षिण अफ्रिकाको डरबननजिकै एउटा घरमा पाटी चलिरहेका बेला गोली चल्दा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति डरबन सहरबाट करिब ३० किलोमिटर दक्षिणमा रहेको क्वामाखुथा टाउनसिपमा तीन जना बन्दुकधारी घरभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए।








