काठमाडौं । बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।






