गोरखा । भीमसेनथापा गाउँपालिका वडा नम्बर ३ निवासी तथा श्री संस्कृत माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी श्री सन्तोष खनालले विद्यालयमा अध्ययनरत इसिडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई जाडो यामका लागि न्यानो कपडा सहयोग प्रदान गरेका छन्।

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका साथै नियमित पठनपाठनमा सहजता पुगोस् भन्ने उद्देश्यले खनालले ट्र्याकसुट, टी–सर्ट तथा मोजा वितरण गरेका हुन्। जाडो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडाको अभाव नहोस् भन्ने मानवीय भावना सहित गरिएको उक्त सहयोगलाई विद्यालयले उच्च मूल्याङ्कन गरेको छ।

विद्यालयका प्रधानाध्यापक भगवान शाक्यले सहयोगप्रति आभार व्यक्त गर्दै भूतपूर्व विद्यार्थीबाट विद्यालयप्रति देखाइएको यस प्रकारको सामाजिक उत्तरदायित्वले वर्तमान विद्यार्थीहरूमा सकारात्मक सन्देश प्रवाह हुने बताए। साथै, आगामी दिनहरूमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा विद्यालयले व्यक्त गरेको छ।

श्री संस्कृत माध्यमिक विद्यालय परिवारले सहयोगी मनका धनी श्री सन्तोष खनालप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय