काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकार निर्वाचित अधिनायकवादतर्फ अगाडि गएको आरोप लगाएका छन्।

आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा ज्ञवालीले अधिनायकवादी शक्तिहरू विरुद्ध सम्पूर्ण वामपन्थीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

‘देश निकै असामान्य तरिकाले गुज्रिराखेको छ। धेरै ठुलो जनादेश प्राप्त गरेर रास्वपा सरकारमा आएको छ। उसको पाँच महिनाको कुरा हेर्दा निर्वाचित अधिनायकवादतर्फ अगाडि बढेको छ’, ज्ञवालीले भने, ‘राष्ट्रपतिको पनि मतलब छैन। पाल्र्यामेन्टको पनि मतलब छैन। बिना लगामको घोडाजस्तो अधिनायकतर्फ यो सरकार गएको छ । यतिसम्म कि आफैलाई प्रधानमन्त्री बनाएको पार्टीको निर्देशन पनि पालना गरेको छैन । एक प्रकारले समाजमा सेन्सरसिप देखिन्छ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय