काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तीवन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ।

शुक्रबार काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू भत्काएको हो। करिब १२ वर्षपछि अतिक्रमण हटाउन सफल भएको भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए।

भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बनेका अनधिकृत र अतिक्रमित संरचनाहरू हटाउन साउन २७ गते ७ दिने सूचना जारी गरिएको थियो।आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो। तर, सात दिनको समयसीमाभित्र संरचना नहटेपछि आयोजनाले डोजर चलाएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय