काठमाडौं । रूकुम पश्‍चिममा ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको निधन भएको छ ।

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित सडकमा भे.१ ज १४८२ नम्बरको ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मृत्यु हुनेहरूमा गुल्मी रूरूक्षेत्र गाउँपालिका–४ बलेटक्चा बस्ने २६ वर्षीया स्वस्तिका पौडेल र उनकै छोरी २ वर्षीया शान्दिका ज्ञावली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीले ईभी गाडी चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय