काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए । उनले बाढीबाट प्रभावित बस्तीको भौतिक अवस्था र क्षतिको अवलोकन गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय भएका थिए । बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका शाहले आज प्रभावित क्षेत्रमै पुगेर क्षतिको अवस्था बुझेका हुन् ।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा अवरुद्ध सडक र अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तै, प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई तीव्रता दिनसमेत उनले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाहको टोली बिहीबार नै काठमाडौं फर्किएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय