काठमाडौं । भोटकोशीको बाढीमा हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जना भेटिएका छन्।

मृतक र घाइतेको संख्या अझै बढ्ने सम्भावना छ। मृतक, बेपत्ता र विस्थापितको यकिन विवरण आउन सकेको छैन।

प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार र राहतका लागि सरकारले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी छ। फसेका नागरिक, अवरुद्ध सडक र पहुँचको अवस्थाबारे जानकारी लिएर उद्धार तथा राहतलाई थप लक्षित बनाउने काम भइरहेको छ।

यता रसुवाको बाढी प्रभावित क्षेत्रमा संघीय सरकारको उद्धार, राहत र उपचारमा राज्यको प्रभावकारी उपस्थिति नदेखिएको स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन्। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा देखिएपनि जनताले अनुभूति गर्ने गरी काम नभएको बताएका छन्। उनले संघीय सरकारलाई विकट क्षेत्रमा पनि ध्यान दिन आग्रह गरेका छन्।

उनले नदी किनारमा पचासौँको सङ्ख्यामा रहेका शवहरू सढेर गाउँ नै दुर्गन्धित हुन थालेकोकाले सङ्क्रमण भई स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने सम्भावना रहेको बताए। अर्याललेपरिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न माथिको आदेशबाहेक नमिल्ने जवाफ पाएको बताएका छन्। ‘खोलाको किनारमा ५० औँ शवहरू देखिन्छ, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग सयन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ । बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी बेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टर सहित ५/६ जना प्रजहरू खाना पानी वेगर खटिनुरहनु भएको छ। माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने काम बाहेक केही गर्न सक्नुहुन्न।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय