काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरु जगदिश वासुदेव (सद्गुरु) लाई तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, आज सिम्रिक एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।

बाढीका बेला मानसरोवर क्षेत्रमा रहेका सद्गुरु प्रभावित क्षेत्रमा पुगेका थिए । उनको इशा फाउन्डेशनले सञ्चालन गर्ने कैलाश मानसरोवर यात्राको एक टोली रसुवा बाढीमा सम्पर्कविहीन भएका थिए । सो टोलीमा रहेका ८० जना तीर्थयात्री  मानसरोवरबाट फर्कने क्रममा नेपाल-चीन सिमानाबाट सम्पर्कविहीन भएका थिए ।

१० भदौको बाढीपछि सार्वजनिक एक भिडियोमा सद्गुरुले सम्पर्कविहीन आफ्नो टोलीको संख्या र सदस्यबारे जानकारी गराएका थिए ।

उनका अनुसार सो समूहमा अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित २० मुलुकका नागरिक थिए ।

समूहमा ३४ पुरुष र ४६ महिला थिए । सद्गुरु हरेक वर्ष नेपालको बाटो हुँदै कैलाश मानसरोवर यात्रा गर्दै आएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय