काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताएका छन् ।
शनिबार परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री खनालले सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहयोग मागेको बताएका हुन् ।यस्तै, उनले जीवितै रहेकाहरूको पहिचान तथा खोजीका लागि आवश्यक प्रविधि, द्रुत डीएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापनलगायतका कार्यमा पनि मित्रराष्ट्रहरूको सहयोगका लागि आग्रह गरिएको जानकारी दिए ।







