काठमाडौँ । हालै आएको भीषण बाढी पहिरोमा परी घाइते भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररतमध्ये २५ जना डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार ५६ जना बाढी पहिरो पीडित बिरामी अस्पतालमा भर्ना भएका थिए ।

अस्पताल प्रशासनका अनुसार भर्ना भएका कुल ५६ जना बिरामीमध्ये २५ जना निको भएर घर फर्किसकेका छन् । यस्तै, उपचारकै क्रममा २५ वर्षीय कुशल मगरको निधन भएको छ । हाल अस्पतालका विभिन्न वार्ड, आइसियु तथा अब्जर्भेसनमा गरी २८ जना घाइतेहरूको उपचार भइरहेको छ ।उपचाररत घाइतेहरूमा आइसियु, भेन्टिलेटर, अब्जर्भेसन तथा विभिन्न सर्जिकल वार्डहरूमा राखिएको छ । जसमा रसुवा, नुवाकोट, गोरखा र धादिङका विभिन्न उमेर समूहका बालबालिकादेखि वृद्धवृद्धाहरू सम्म रहेका छन्।अस्पतालले घाइतेहरूको स्वास्थ्य स्थितिमा निरन्तर सुधार भइरहेको र बाँकी बिरामीहरूको पनि उच्च प्राथमिकताका साथ उपचार भइरहेको जानकारी दिएको छ । यस्तै, अस्पतालमा २६ जनाको शव राखिएको छ । जसमध्ये चार जनाको शव पहिचान भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय