सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति चेकजाँचको क्रममा लागुऔषध र मोटरसाइकल सहित युवक पक्राउ परेका हुन् ।

सिराहा नगरपालिका वडा नम्बर १५ स्थित बुधौरामा भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश ०२–००१ प ००७० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक सिराहा, गोलबजार नगरपालिका वडा नं. ७ बस्ने २६ वर्षीय राकेश यादव पक्राउ परेका हुन् ।

सिराहा प्रहरी प्रवक्ता रमेश बहादुर पालका अनुसार मोटरसाइकलको भाइजर भित्र कालो प्लास्टिकमा लुकाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर ६ ग्राम १ सय ३० मिलिग्राम फेला परेको हो । पक्राउ परेका युवकलाई मोटरसाइकल सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय