काठमाडौं महानगरपालिका–१६, खुसिबुँस्थित रिभरफिल्ड फुटसलमा फुटबल खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा कुटपिट भएको छ। विवाद बढ्दै गएपछि झगडा छुट्याउन खोज्ने वरपरका व्यक्तिमाथि समेत कुटपिट भएको बताइएको छ।
कुटपिटबाट केही व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये एकको दाँत हल्लिनुका साथै कानको लोतीसमेत चुँडिएको छ। उनीहरूको उपचार नयाँबजारस्थित पिपल्स डेण्टल कलेज एण्ड हस्पिटलमा भइरहेको छ।
कुटपिटमा संलग्न केही व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। स्थानीयका अनुसार फुटसलमा यसअघि पनि पटक–पटक झैझगडा तथा विवाद हुने गरेका कारण आसपासका बासिन्दा असुरक्षित महसुस गर्न थालेका छन्।
उनीहरूले फुटसलका गतिविधि व्यवस्थित गर्दै शान्ति–सुरक्षाको उचित प्रबन्ध गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।







