काठमाडौं । युनिफिकेसन चर्च (युनिफिकेसन पिस फेडरेसन) की प्रमुख हाक जा हानलाई सियोलस्थित सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले दुई वर्ष जेल सजाय सुनाएको छ ।
दक्षिण कोरियाको पूर्वप्रथम महिलासमेत रहेकी ८३ वर्षीय हानलाई अदालतले भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको बीबीसीले उल्लेख गरेको छ । हान पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी हुन्।
अदालतले अवैध राजनीतिक चन्दा दिएको र एक पूर्वप्रथम महिलालाई घुस दिएको अभियोगमा दोषी ठहर गरेको हो ।
बीबीसीका अनुसार अभियोजनकर्ताहरूले अनुसन्धानका क्रममा पहिलोपटक चर्चले राजनीतिमा आफ्नो प्रभाव खरिद गर्ने प्रयास गरेको पुष्टि भएको बताएका छन्।
उनीहरूले हानको व्यक्तिगत सेफबाट भेटिएको एक करोड ९० लाख अमेरिकी डलर बराबरको नगदको तस्वीर पनि सार्वजनिक गरेका थिए।
हानको युनिफिकेसन चर्चको प्रभाव नेपालसम्म आइपुगेको थियो । पूर्वमन्त्री एकनाथ ढकालले नेपाल परिवार दल नामक पार्टी सञ्चालन र निर्वाचन खर्च भनेर यो चर्चसँग १० लाख २० हजार डलर माग गरेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो ।







