काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नै पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि लगाएको ठगीको मुद्दामा ललितपुर जिल्ला अदालतले साेमबार फैसला गरेको छ ।

जिल्ला अदालतले सुरेन्द्रनारायण यादवलाई निर्दोष ठहर गरेको छ। फैसलामा भनिएको  छ, यस अदालतमा विचाराधीन मुद्दामा प्रस्तुत प्रमाण, बयान तथा कागजातहरू समेतको आधारमा प्रतिवादी सुरेन्द्रनारायण यादवमाथि लागेको आरोप दाबी पुग्न नसकेको हुँदा निजलाई निर्दोष ठहर गरेको छ ।’जनमत पार्टीको रकममा हिनामिना गरेको आरोप उनीमाथि लगाइएको थियो । सुरेन्द्रनारायण यादवमाथि पार्टीको रकम हिनामिनाको आरोप लगाउँदै प्रहरीमा उजुरी पनि परेको थियो । जनमत पार्टीका तत्कालीन प्रवक्ता डा.शरदसिंह यादवले दिएको उजुरीको आधारमा प्रहरीले सुरेन्द्रनारायण यादवलाई पक्राउ पनि गरेको थियो ।प्रहरीले छाडेपछि जनमत पार्टीका अध्यक्ष राउतले अदालतमा मुद्दा दायर गरेका थिए । कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको आरोप लागेको थियो । उनले विदेशमा रहेका कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौँमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप लगाइएको थियो । करोडौँ रकम हिनामिना गरेको आरोपमा अध्यक्ष राउतले पार्टीमा पनि अनुशासनको कारबाही गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय