काठमाडौं । शारडा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी नदी क्षेत्रमा आएको बाढीपहिरोबाट रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षति तथा प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गरेको हो।

शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले सोमबार अर्थमन्त्रीको कार्यालयमा उपस्थित भइ उक्त रकम हस्तान्तरण गरेका हुन्।

ग्रुपका विभिन्न कम्पनीको तर्फबाट उक्त रकम प्रदान गरिएको हो। जसअनुसार पशुपति खाद्य तेल उद्योग प्रालिले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिले १५ लाख, प्रिमियर वायर्स प्रालिले १५ लाख र प्रिमियर डिस्टिलरी लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

आर्थिक सहयोगसँगै ग्रुपले तत्कालीन राहत तथा मानवीय सहायता कार्यक्रम पनि अघि बढाएको जनाएको छ। ग्रुपले रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ।

उक्त खाद्य तथा पेय पदार्थ विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिने जनाइएको छ।

त्यसैगरी, प्रभावित जिल्लामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन शारदा ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय