काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपिल गरेको छ।

परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै यस विषयमा ध्यानाकर्षण गराएका हुन्।

गत बुधबार आएको बाढीका कारण प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएका दृश्यहरू सामाजिक सञ्जालमा राख्न नहुने विज्ञप्तिमा उल्लेख छ। फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका कुनै पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा त्यस्ता सामग्री सार्वजनिक नगर्न परिषद्ले आग्रह गरेको छ।

बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा पालना गर्नु प्रत्येक व्यक्ति र संस्थाको कर्तव्य रहेको परिषद्ले स्पष्ट पारेको छ। कुनै पनि व्यक्ति वा संस्थाले पीडित तथा प्रभावित बालबालिकाको भिडियो तथा फोटोहरू पोस्ट नगर्न र गराउन परिषद्ले आग्रह गरेको छ।

789443745_912037205313224_8668645095996358120_n
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय