भोटेकोशीको बाढीको मुख्य प्रभावित क्षेत्र रसुवाको टिमुरेमा ६० वटा शव भेटिएको छ । मंगलबार बिहान सम्ममा टिमुरेबाट ६० वटा शव निकालिएको रसुवाका डीएसपी अशोक थापाले बताए ।
त्यहाँ भेटिएका मध्ये एकजनाको मात्रै शव पहिचान भएको छ । मृतकका आफन्तमार्फत एकजनाको शव सनाखत गरिएको डीएसपी थापाले बताए ।रसुवाको बेत्रावती क्षेत्रमा १७ वटा शव भेटिएकोमा ५ वटा शवको पहिचान खुलेको छ । रसुवामा अहिलेसम्म ७७ वटा शव भेटिएको छ । यसअघि रसुवामा भेटिएको शवहरू मध्ये उत्तरगया–५ घर भएका जनक आचार्य, गंगादेवी श्रेष्ठ र पुडुली तामाङको शव सनाखत भएको थियो ।यसैबिच, रसुवाको टिमुरे स्थित भन्सार कार्यालयका नवकुल शर्माको शव गोरखामा भेटिएको छ । त्रिशूली नदीको किनारमा शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।







