काठमाडौँ । किलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल हुँदा रियल मड्रिड स्पानिस ला लिगामा शुक्रबार राती रियल बेटिससँग १-० ले पराजित भएको छ ।
एक गोलले पछि परेको स्थितीमा रियलले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टी पाएको थियो । तर एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।
बेटिसका लागि ट्रोय पाराटले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी ६८औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
खेलको अन्त्यतिर बेटिसका नाथनले भिनिसियस जुनियरलाई पेनाल्टी एरियामा फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । तर बेटिसका गोलकिपर अल्भारो भालेसले एमबाप्पेको पेनाल्टी रोक्दै सानदार जित दिलाउन मदत गरे ।







