काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ हजार ८ सय रुपैयाँले सस्तिएको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तथा १० ग्रामको २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय ८५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ र १० ग्रामको ३ हजार ९ सय २७ रुपैयाँ कायम भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय