नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा जीवितै उद्धार गरिएकी बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् ।

बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिएकी अन्दाजी ५५-५६ वर्षकी श्रेष्ठको शनिबार उद्धार गरिएको हो ।नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो। ११ दिनसम्म पहिरोभित्र पुरिएर पनि जीवितै रहन सफल ती श्रेष्ठलाई तत्काल उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ। भदौ १० को भीषण बाढीका कारण सो क्षेत्रमा ठुलो क्षति पुगेको थियो।

यो चमत्कारिक घटनाले स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई अचम्मित र खुसी तुल्याएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय