काठमाडौं । भारत, चीन, अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने देखिएका छन् ।

प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ती देशका राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहको कुराकानीमा पार्टी सभापति लामिछाने बढ्ता सक्रिय देखिएका हुन् ।

आज सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सभापति लामिछानेसँग टेलिफोन वार्ताक्रममा रसुवा बाढीले पुर्‍याएको अथाह क्षतिप्रति दुःख व्यक्त गरे । रास्वपा स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीले नेपाललाई अमेरिकी सहयोग प्राथमिकतापूर्वक निरन्तर रहने आश्वासन दिएका छन् ।

रास्वपा सभापति लामिछानेले अमेरिकी सरकारलाई नेपालको क्षति अनि यसले ल्याएको कठिन घडीप्रति दुःख व्यक्त गरेकामा आभार व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय