दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई महिनाका शिशुसहित बालबालिका पनि रहेको जनाइएको छ । घटनामा कम्तीमा दुई जना अझै बेपत्ता छन् ।

सोमबार बिहान नबातिएह जिल्लाको कफर रेमान सहरमा भएको आक्रमणमा उनीहरूको मृत्यु भएको हो । पछिल्लो ४८ घण्टामा दक्षिणी लेबनानमा इजरायली आक्रमण तीव्र बनेको छ । यसअघि आइतबार नजिकैको अरब सलीम सहरमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा सात जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

इजरायली सेनाले दक्षिणी लेबनानकै देइर अल–जहरानी सहरको आवासीय क्षेत्रमा समेत रातभर आक्रमण गरेको जनाएको छ । सेनाले उक्त क्षेत्र खाली गर्न बाध्यकारी आदेश जारी गरेपछि आक्रमण भएको थियो । इजरायली सेनाका अनुसार हिजबुल्लाहको एउटा संरचनानजिक रहेको भवनलाई निशाना बनाइएको थियो, जहाँबाट विस्फोटक बोकेको ड्रोन प्रक्षेपण गर्ने गरिएको सेनाको दाबी छ ।अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबिच जुन महिनामा युद्धविराम सम्झौता भए पनि दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी छ ।

सोमबार कफर रेमानबाट घटनाबारे रिपोर्टिङ गर्दै अल जजिराकी पत्रकार जेना खोड्रले दक्षिणी लेबनानमा अहिले अनिश्चितता र डरको अवस्था रहेको बताइन् । उनका अनुसार आक्रमणमा बालबालिकासहित दुई महिनाका शिशुको समेत मृत्यु भएको छ ।

पछिल्लो ४८ घण्टामा इजरायली आक्रमणको लहर चलेको र यस क्रममा सर्वसाधारणको मृत्यु हुनुका साथै आवासीय घरहरू ध्वस्त भएको उनले बताइन् । आक्रमणपछि नागरिक सुरक्षा टोलीले उद्धार तथा खोजी कार्य जारी राखेको छ। भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीका लागि उद्धारकर्मीहरू रातभर घटनास्थलमा खटिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय