नेकपा एमाले र नेकपाबीच सम्भावित सहकार्य तथा एकताको चर्चा चुलिँदै जाँदा नयाँ बन्न सक्ने पार्टीको नेतृत्व संरचनालाई लिएर समेत बहस सुरु भएको छ। पछिल्ला छलफलमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष र नेकपा नेता वर्षमान पुनलाई महासचिव बनाउने सम्भावित मोडलमाथि नेताहरूबीच कुराकानी भएको बताइएको छ।

यो प्रस्ताव औपचारिक रूपमा टुंगिएको निर्णय भने होइन। एमाले र नेकपाबीच एकता वा सहकार्य अघि बढेमा नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विभिन्न विकल्पमाथि छलफल भइरहेको स्रोतहरूको दाबी छ।

सम्भावित नयाँ संरचनामा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी नेतृत्वबाट अलग राखेर उच्च तहको सल्लाहकार भूमिकामा राख्न सकिने विकल्पबारे समेत चर्चा भएको बताइएको छ। यसले एमाले–नेकपा सहकार्यको बहसलाई थप रोचक बनाएको छ।

यसैबीच एमाले सचिव शेरधन राई र वर्षमान पुनबीचको भेट तथा दुवै पक्षका शीर्ष नेताहरूबीच भइरहेको संवादले सहकार्यको सम्भावनालाई थप चर्चामा ल्याएको छ। वर्षमान पुनले पनि एमालेसँग सहकार्यको कोणबाट छलफल सुरु भएको स्वीकार गर्दै मध्यम तहका नेताबीच आगामी मोडल र प्रक्रियाबारे थप छलफल हुन बाँकी रहेको बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय