काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ सहयोग गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँको उपहार पाएका छन्।

आन्तरिक राजस्व विभागले भदौ महिनाका करदाता प्रोत्साहन कार्यक्रमका विजेता घोषणा गर्ने क्रममा ती ग्राहकलाई १ लाख रुपैयाँको उपहार परेको जनाएको हो। विजेताको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ।

विभागका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत हरेक १५/१५ दिनमा विजेता घोषणा गर्ने व्यवस्था भए पनि यसपटक १० भदौमा आएको विनाशकारी बाढीका कारण कार्यक्रम प्रभावित भएकाले भदौ महिनाको विजेता मासिक रूपमा घोषणा गरिएको हो।

यसअघि १६ भदौमा घोषणा गर्ने तय भए पनि बाढीका कारण कार्यक्रम पछि सारिएको थियो।

करदाता प्रोत्साहन कार्यक्रममार्फत कर प्रणालीमा नागरिकको सहभागिता बढाउने तथा विद्युतीय कारोबार र बिल लिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको विभागले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय