काठमाडौं । वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ६० हजार ४ सय ७२ पुरूष र ९ हजार ९ सय ६९ महिला छन् ।
क महिना अवधिमा ४२ हजार ६ सय ९३ जनाले श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।
एक महिनामा म्यानपावर मार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४ सय ४२ ले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै ‘जीटुजी’ मार्फत ७ सय १२ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।






