मसेल-काठमाडौँ सम्पर्क समन्वय समितीको तेस्रो भेलाबाट शरण अधिकारी निर्बाचित !
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (मावोबादी केन्द्र) मसेल-काठमाडौँ सम्पर्क समन्वय समितीको तेस्रो भेला काठमाडौँको सम्राट पार्टी प्यालेसमा हिजो सम्पन्न भयो। उक्त बैठकबाट समन्वय समितीका नबनिर्बाचित अध्यक्ष शरण अधिकारीको नेतृत्वोमा १४ सदस्यीय समितीको गठन सम्पन्न भयो। समितीमा उपाध्यक्ष कविराज श्रेष्ठ, भिमसेन पुडासैनी, सचिबमा सुन्दर श्रेष्ठ, सहसचिबमा बिरोज श्रेष्ठ कोषाध्यक्षमा रघुनाथ पुडासैनी र सह-कोषाध्यक्षमा राजकुमार वस्ती एबं सदस्यहरुमा सन्तोष बराम, गकुल देवकोटा, बुद्धि बराम, रितु मग्राती, प्रतिमा वि. क., देवेन श्रेष्ठ, सुनिल बगाले र मनिषा श्रेष्ठ निर्बाचित भएका छन्।
उक्त कार्यक्रममा भीमसेन थापा गाउँपालिका बडा नं १ बाट S.E.E.परिक्षामा उत्रिण बिद्यार्थीहरुलाई सम्मान गर्दै अब आउने दिनहरुमा प्रगतिका पाहिला अझ लम्काउनका निम्ति उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सम्पर्क समन्वय समितीका संयोजक रामप्रसाद भन्तनाले आफ्ना भनाई अभिप्रेरित गरे।
यसै कार्यक्रमका बिशेष अतिथि भीमसेन थापा गाउँपालिका बडा नं १ का जननिर्बाचित बडा अध्यक्ष बिकाश श्रेष्ठ भन्छन्, अब आउने दिनहरुमा बिध्यार्थीहरुले अझै राम्रो गर्ने र प्राबिधिक शिक्षामा जोड दिने कुरालाई अग्रसर गराउदै हाम्रो बिद्यालयको शिक्षा प्रणाली फेल हैन देशको शिक्षा नीति फेल भएको कुरालाई जोड दिए।
नब निर्बाचित अध्यक्ष अधिकारीले नियमित बैठक बस्ने र पार्टी र समाजलाई आबश्यकता अनुरुप लैजाने र साथसाथै नयाँ जोश र जाँगरका साथ काम गर्ने प्रतिबद्धता गरे।