अषाढ २५, गोरखा। म कस्तुप अधिकारी कक्षा ८ मा पढ्दै छु। म गोरखा जिल्लाको सदरमुकाममा रहेको द ओल्ड क्यापिटल मा. बि. मा अध्यन गदर्छु। म कक्षा ८ को जिल्ला स्तरिय परिक्षाको तयारी पनी गर्दै छु। आजको पढाई म ठुलो झोला बोकेर बिहानै बिद्यालय जान्छु। मेरो दिन लगभग बिधालयमै जान्छ।
म PRIVATE बिद्यालयमा पढ्ने हुँदा म प्राय त अंग्रेजीमै पढ्ने गर्छु तर मेरो बुवा पहिले सरकारी बिद्यालयमा पढाउनु हुन्थ्यो र मेरो बुवा मलाई बारम्बार नेपाली शब्दहरु सोधिराख्नु हुन्छ धेरै जसो त म जान्दिन अनि मलाई मैले के पढे त,- भन्छु अनि बुवाले पनि मलाई नेपालीमा ध्यान दिउ भन्नु हुन्छ।
म पढ्छु, बुझ्ने गरी पढ्ने हो जस्तो लाग्छ तर फेरी नघोकी त फेरी अरुले जित्ला जस्तो लाग्छ। मेरो बुवाले भने अनुसार जाउँ कक्षामा अरुले जित्लान भन्ने डर नजाउँ भने मेरो पढाई प्रयोगात्मक भएको जस्तो भने लाग्दैन। पढ्नका निम्ति मलाई मेरा बुवा आमाले धेरै योगदान गर्नु हुन्छ अनि यसो सोच्नु पर्दा यो पढेको जति सबै कता प्रयोग हुन्छ जस्तो पनि लाग्छ।
मैले बिशेष गरी ENGLISH, NEPALI, MATH, SOCIAL, SCIENCE पढ्छु। प्राय मैले MATH बाहेक घोकेकै हुन्छु। अबको दिनमा आउँदा मलाई घोक्न नपर्ने शिक्षा आईदे हुन्थियो जस्तो पनी लाग्छ तर फेरी नाघोकी त मलाई अरुलेनै जित्लान् जस्तो लाग्छ। मेरो दाई BACHELOR पढ्दै हुनुहुन्छ र उहाँले भन्नुहुन्छ पढ्न त सबैले पढ्छन् तर तिमी चै बुझेर पढ्नु सकेसम्म घोकेको भन्दा बुझेर पढेको भोलि सम्म काम लाग्छ। त्येसैले मलाई घोक्ने शिक्षा भन्दा बुझेर पढ्ने शिक्षाको बिकास भएको हेर्ने रहर छ।
कस्तुप अधिकारी
बिद्यार्थी