काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता सुरु भएको छ ।

उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता सुरु भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाअध्यक्ष सेठको टोली गत ३१ साउनमा काठमाडौं आएको थियो ।

उनी सोमबार दिनभर सोमबार दिनभर व्यस्त रहे । बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा चढाए । टुँडिखेलको कार्यक्रम सकिएपछि सैनिक मुख्यालय जंगी अड्डामा भारतीय सेनाध्यक्ष सेठलाई सम्मान तथा गारद ग्रहण गरेका थिए ।

त्यसपछि भारतीय सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको थियो ।

यो भेटवार्तापछि सैनिक मुख्यालय जंगी अड्डामा सेठले वृक्षरोपण गरेका थिए । त्यसपछि जंगी अड्डामै अर्को कार्यक्रम तय भयो । जहाँ भारतीय सेनाध्यक्ष सेठले सैनिक सामग्री र स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका थिए ।

जंगी अड्डाको सोमबारको कार्यक्रम सकेर पूर्वनिर्धारित कार्यक्रम अनुसार सेठ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुभोभित गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय