काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी ओलिगारकको पैसा फिर्ता गर्ने बताएका छन् ।

ट्रम्प जुनियरले बहामासमा भएको आफ्नो विवाहको खर्च बेहोर्ने रुसी व्यवसायीलाई पैसा फिर्ता दिने जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष तथा धनी रुसी व्यवसायी उमर क्रेमलेभले ट्रम्प जुनियरको विवाहको भोजका लागि लाखौं डलर खर्च गरेका थिए । यो खबर सार्वजनिक भएपछि अमेरिकी कंग्रेसका डेमोर्क्याटहरूले छानबिन सुरु गर्न माग गरेका छन् ।

प्रोपब्लिकाले क्रेमलेभको रुसी सरकारसँग निकट सम्बन्ध रहेको बताएको छ ।

शुक्रबार ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफ्ना छोरासँग यसबारे सोधेको बताएका छन् । ट्रम्पका अनुसार उनका छोराले भनेका थिए, ‘म त्यो पैसा फिर्ता गर्दैछु, बुबा ।’

घटनाबारे जानकार एक व्यक्तिले पनि डोनाल्ड जुनियरले क्रेमलेभलाई पैसा फिर्ता गर्ने पुष्टि गरेका छन् ।

क्रेमलेभ र अन्तर्राष्ट्रिय बक्सिङ संघले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

राष्ट्रपति ट्रम्प आफ्ना छोराको विवाहमा सहभागी भएका थिएनन् । ट्रम्पले आफूले क्रेमलेभलाई नचिनेको र बिवाहको विवाद कुनै ठूलो कुरा नभएको बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय