काठमाडौं : एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थीत राखेपमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई विदाइ गरेका हुन्। विदाइ कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टीम राम्रो लयमा रहेकाले मेडल ल्याउने उदेश्यका साथ जापान जान लागेको बताए। उनले प्रतियोगीताका लागि नेपाली टोली निकै उत्साहित रहेको उल्लेख गरे।

त्यस्तै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने र पदक हासिल गर्ने विश्वास रहेको बताए। एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ। समूह चरणबाट दुई–दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। नेपाल समूह विजेता बनेमा क्वार्टरफाइनलमा श्रीलंका तथा उप–विजेता बनेमा भारतको सामना गर्नेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय