काठमाडौँ। कास्कीस्थित मार्दीखोला र चतारास्थित सप्तकोशी नदीमा जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो ३:३६ बजे कास्कीको लाहाचोकस्थित मार्दीखोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले मार्दीखोलाको तल्लो तटीय क्षेत्र तथा नदी आसपासका डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई भोलिपल्ट बिहानसम्मै उच्च सतर्क रहन आग्रह गरिएको छ। यसैगरी दिउँसो २ बजे जारी अर्को सूचनाअनुसार सुनसरीको सप्तकोशी चतारामा पनि बाढी बढ्दो क्रममा रहेको छ। सप्तकोशीको बहाव बढ्दै गएकाले तल्लो तटीय र डुबानको जोखिममा रहने क्षेत्रका बासिन्दाहरूलाई पर्सिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय