काठमाडौँ । गोरखाको दरौँदी नदीको खोँचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

शुक्रबार मानसिक अवस्था असामान्य रहेका पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडे घर भएका सोनम गुरुङ बिहान देखि खोँचमा फसेका थिए ।उनलाई सशस्त्र प्रहरी बलको नम्बर–२९ गुल्मबाट खटिएको टोलीले गोरखा नगरपालिका–१० स्थित छेबेटारबाट उद्धार गरेको हो । नदीको खोँचबाट उद्धार गरेर उनलाई प्रहरीको अस्थायी प्रहरी पोस्ट छेबेटारमा बुझाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय