सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिए।‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उनले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताए। ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को–ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछन् ।

व्यापार तथा उद्योगमन्त्रीका साथै सिङ्गापुरको केन्द्रीय बैङ्क ‘मोनेटरी अथोरिटी अफ सिङ्गापुर’ का अध्यक्षसमेत रहेका गानले आईबीएफबाट मान्यताप्राप्त कार्यक्रममार्फत सिङ्गापुरमा रहेका आफ्ना सबै कर्मचारीलाई तालिम दिने प्रतिबद्धता वित्तीय संस्थाहरूले जनाएको बताए। उनका अनुसार आधाभन्दा बढी कर्मचारीले यससम्बन्धी तालिम लिइसकेका छन् ।‘एआई वर्कफोर्स को–ल्याब’ ले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्याङ्कन गर्नेछ । साथै, तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तनसम्बन्धी व्यावहारिक उपायको परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्नेछ ।गानका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकासलगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ ।‘हामी एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहन्छौँ,’ उनले भने। यसका लागि वित्तीय संस्थाको प्रतिबद्धता र सक्रियतासँगै सरकार तथा श्रमिक सङ्गठनको साझेदारी र सहयोग आवश्यक रहेको उनले भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय