काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । आज पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उनी दुर्घटनामा परेका हुन् ।

दाहालको सिन्धुली अस्पतालमा उपचार भइरहको छ । उनको दाहिने हातमा शल्यक्रिया भएको र अवस्था खतरामुक्त रहेको पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।दाहालसँग मोटरसाइकल दुर्घटनामा पर्नुभएका सोही पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि घाइते भएका छन् । सामान्य उपचारपछि उनी घर फर्किएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय