नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने गतिविधि अब स्वीकार्य नहुने बताएका छन्। 1

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब पार्टी नीति र अनुशासनविपरीत गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए।

‘पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो। यो अपराधपूर्ण क्रियाकलाप हो। केन्द्रीय कमिटीअघिका यी सबै क्षमा भयो। तर अब क्षमा हुँदैन,’ ओलीले भने। उनले कुनै प्रतिनिधि परिषद् बैठकतिर आफूहरू नलाग्ने भन्दै चुनावको तयारी गर्न निर्देशन दिए।

ओलीले पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता अब स्वीकार्य नहुने बताउँदै केन्द्रीय कमिटी बैठकलाई ‘कट अफ डेट’का रूपमा लिइएको उल्लेख गरे। पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने तथा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने उनको भनाइ थियो।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय