महोत्तरीको गौशाला नगरपालिकाका पूर्वमेयर शिवनाथ महतोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मधेश प्रदेश कमिटि सदस्य रहेका महतोले नेकपा परित्याग गरि मंगलबार रास्वपा प्रवेश गरेका हुन्।

महतोलाई रास्वपा सभापति रवि लामिछानेले पार्टीमा स्वागत गरेका छन्। महतोसंगै जनता समाजवादी पार्टी परित्याग गरि गौशाला–१० का वडा अध्यक्ष विष्णुकुमार महतो (मुकेश)ले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

यस्तै, अन्य विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकताहरुले पनि रास्वपामा प्रवेश गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय