नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिका उम्मेदवार वंशलाल तामाङले क्षेत्रीय सभापतिका उम्मेदवार कृष्णकुमार तामाङ पक्षले फर्जी मत हालेको आरोप लगाएपछि अधिवेशन स्थगित भएको हो।

मतदानका क्रममा फर्जी मत खसालिएको भन्दै विवाद उत्पन्न भएपछि अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको हो। विवादपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको बताइएको छ। पासाङको पक्षमा उत्रिएका नेता बंशलालले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रहरू प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले मतपेटिकामा खुट्टा प्रहार गर्दै हस्ताक्षर नभएको मतपत्रको आधारमा निर्वाचन निष्पक्ष नभएको बताए।

अधिवेशन स्थगित भएपछि अब विवाद समाधान गरेर निर्वाचन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा निर्णय हुने क्षेत्र नम्बर २ संयोजक प्रकाश बस्नेतले बताए। नेपाली कांग्रेसको १५ औँ जिल्ला अधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिका लागि चार जना प्रतिष्पर्धामा छन् । सभापतिका लागि करुणासागर सिग्देल, कृष्णकुमार तामाङ (समिर), पासाङ दोङ तामाङ र भुपेन्द्र थापा प्रतिस्पर्धामा छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय