अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गराउने प्रयास गरिरहेका मध्यस्थहरूसँग अमेरिका सम्पर्कमा रहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तर, अमेरिकाले यो युद्धमा धेरै चाँडो जित हासिल गर्ने ट्रम्पले दाबी गरे ।

‘जहाँसम्म मेरो कुरा छ, हामी जित्नेछौं,’ उनले भने, ‘यो विषय निकै तीव्र गतिमा अघि बढ्नेछ ।’

ट्रम्पले युद्धमा अमेरिकाको जितपछि पेट्रोलको मूल्यमा ठूलो गिरावट आउने दाबी पनि दोहोर्‍याए । उनका अनुसार यसबाट अमेरिकी उपभोक्तालाई राहत पुग्नुका साथै ऊर्जा लागतसमेत घट्नेछ ।

क्षेत्रमा तनाव कायम रहेका बेला र युद्ध अन्त्यका लागि विभिन्न पक्षबाट कूटनीतिक प्रयास भइरहेका समयमा अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो ।

ट्रम्पले मध्यस्थकर्ताहरूको पहिचान वा उनीहरूसँग भइरहेको वार्ताबारे थप जानकारी दिएनन् । यद्यपि, उनले पर्दापछाडि सम्पर्क कायम रहेको संकेत गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय