धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह छन् । घटना बिहान पौने १० बजेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार साहले छिमेकीको घरमा विद्युत् बिग्रिएको भन्दै मर्मत गरिदिन आग्रह गरेपछि उनी पोल चढेका थिए ।

मर्मतकै क्रममा उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।कानुनी प्रक्रिया पूरा गरेपछि दिउँसो शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको डीएसपी खनालले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय