काठमाडौँ । नेपाली कांग्रेसनिवर्तमान सभापति शेरबहादुर देउबा समूहको १५ औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढिरहँदा देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ। आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि आजबाट वडा अधिवेशन सुरु गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार, हालसम्म देशभरका कुल ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सकिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा ५७७, मधेस प्रदेशमा ४०२, बागमती प्रदेशमा ५६३, गण्डकी प्रदेशमा ३८६, लुम्बिनी प्रदेशमा ५५०, कर्णाली प्रदेशमा २५७ र सुदूरपश्चिम प्रदेशमा ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ।बाँकी रहेका वडाहरूमा यही असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने तालिका रहेको समितिले जनाएको छ।समितिले रसुवा र बागलुङका केही वडामा अधिवेशन स्थगित भएको जानकारी दिएको छ। रसुवामा बाढी-पहिरोका कारण र बागलुङमा पार्टीका नेता मणिभद्र शर्मा कँडेलको श्रीमतीको निधनका कारण आज हुन नसकेको अधिवेशन भोलि असोज १६ गतेका लागि तय गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय