काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई ‘एभरेज’, ‘बिलो एभरेज’ र ‘एक्स्ट्रा अर्डिनरी’ भन्दै वर्गीकरण गरेको विषय संसद्मा व्यंग्यको विषय बनेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिमाथि व्यंग्य गरेका हुन्।

दुलालले रास्वपाका इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी’ भनिएको प्रसंग उल्लेख गर्दै बाँकी सांसद कुन श्रेणीमा पर्छन् भन्दै प्रश्न गरे।

उनले प्रधानमन्त्री शाहले यसअघि ‘देश बनाउने टिम’ भन्दै तीन जनाको तस्बिर सार्वजनिक गरेको प्रसंगसमेत जोड्दै प्रधानमन्त्रीलाई नै निर्देशन दिने पार्टी सभापति कुन श्रेणीमा पर्छन् भन्ने प्रश्न उठाए।

बुधबार प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग छलफल गरेका थिए। छलफलमा उनले प्राविधिक ज्ञान र अनुभवलाई देश विकास तथा नीतिनिर्माणमा प्रयोग गर्न आग्रह गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय