राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।मेडिकल व्यवसायीसमेत रहेका अभियानका संयोजक प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो । सोहीको विरोधमा बिहीबार उनका समर्थकहरुले ढल्केवरमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दुर्गा प्रसाईंलाई रिहा गर, राज्य आतंक बन्द गर, १४ बुँदे सहमति लागू गर, लगायतका नारा लगाउँदै ढल्केवर बजार परिक्रमा गरेका थिए ।

नागरिकको पक्षमा आवाज उठाएकै कारण दुर्गा प्रसाईंलाई तर्साउन राज्यले पटक पटक थुनामा राख्दै आएको अभियानका जनकपुर जोनल इन्चार्ज हरिदेव महतोले जानकारी दिए । उनले दुर्गा प्रसाईंको रिहाई नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उनले बताए ।रास्वपा सांसद रचना खतिवडाविरुद्ध दिएको अभिव्यक्तिको विषयलाई लिएर प्रसाईंलाई सोमबार पक्राउ गरिएको थियो । उनको पक्राउ विरुद्ध परेको रिटमा बुधबार सर्वोच्च अदालतले पक्राउ गर्नुको कारण पेस गर्न आदेश गरिसकेको छ । न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय