भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेका छन् । सन् २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएका मोदीले बुधबार सरकार प्रमुखका रूपमा आफ्नो यात्राको २५ वर्ष पूरा गरेका हुन् ।

यस अवसरमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा उनले देशभरका भारतीय जनता पार्टी (भाजपा) कार्यकर्तालाई भर्चुअल सम्बोधन गरे । सम्बोधनका क्रममा मोदीले आफ्नो राजनीतिक यात्रामा जनताबाट प्राप्त विश्वासलाई सबैभन्दा ठुलो शक्ति भएको बताए ।‘आज म जे छु, त्यसमा सबैभन्दा ठुलो योगदान जनताको छ,’ उनले भने, ‘करोडौँ मानिसको विश्वास नै मेरो शक्ति रहँदै आएको छ ।’मोदीले आफ्नो यात्राका उतारचढाव सम्झिँदै विरोधबाट लोकतन्त्रको शक्ति, सङ्कटबाट धैर्य र असफलताबाट पुनः उठ्ने प्रेरणा प्राप्त गरेको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय