सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्नेगरी बोलाइएको बैठक सरेको हो ।

अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रदेश सरकार स्रोतले भने भौतिक पूर्वाधार मन्त्रालयका योजनाहरू बजेट प्रणालीमा समावेश हुन ढिलाइ भएकाले बैठक सारिएको बताएको छ । अहिले पनि योजना बजेट प्रणालीमा समाविष्ट गर्ने क्रम चलिरहेको स्रोतले बतायो ।

सुदूरपश्चिममा चालु आवको बजेट अहिलेसम्म आउन सकेको छैन । पूर्ववर्ती कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट तत्कालीन गठबन्धनमा मतैक्यता हुँदा पारित हुन सकेको थिएन । त्यसयता प्रदेश सरकार बजेटविहीन अवस्थामा छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय