काठमाडौं । पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर  चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।

आज  बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन् ।

उनका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडीस्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को सानो खोला हो ।

एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय