काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् ।

पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गरे । काठमाडौंमा जारी १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो । जित्ने मान्छेले सबै कुरा जित्ने, हर्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन,’ उनले भने ।साथै, उनले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको बताए ।‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ थापाले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय