काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय