काठमाडौं : एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिलले बिहीबार यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो।
यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ। नेपालले समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र यूएईसँग खेल्नेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया रहेको छ।
समूह चरणमा १२ खेल हुनेछ। समूहको विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन्।
गत संस्करणमा यू१९ एसिया कपको उपाधी पाकिस्तानले जितेको थियो पाकिस्तानले भारतलाई हराउँदै उपाधी जितेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो खेल कात्तिक २०(नोभेम्बर ६ ) मा खेल्नेछ।
नेपालको खेल तालिका
नेपाल-भारत, कात्तिक २०
नेपाल-यूएई, कात्तिक २२
नेपाल-पाकिस्तान, कात्तिक २४








